कोरोना बिरुद्धको पहिलो भ्याक्सिन लगाईन रुसी राष्ट्रपति पुटिनकी छोरीले

कोरोना बिरुद्धको पहिलो भ्याक्सिन लगाईन रुसी राष्ट्रपति पुटिनकी छोरीले

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.9K
    SHARES

एजेन्सी साउन २८ । रुस विश्वमा कोरोना बिरुद्धको भ्याक्सिन बनाउने पहिलो राष्ट्र बनेको छ ।
रुसले पहिलो औपचारीक भ्याक्सिन रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको छोरीलाई दिएको छ । भ्याक्सिन पछि उनको शरीरको तापक्रम घटेको र शरीरमा एन्टीबडी उत्पादन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शुरुमा ३८ डिग्री तापमान रहेको उनको शरीरमा भ्याक्सिन दिए पछि ३७ डिग्रीमा झरेको थियो ।
उनकी दुई छोरी मध्य कुनले भ्याक्सिन लगाईन भन्ने एकीन भने भएको छैन ।
पुटिनका दुई छोरी छन् मारीया र क्याटरीना ।
रुसले सेप्टेम्बर महिनाबाट ठूलो मात्रामा भ्याक्सिन उत्पादनको तयारी थालेको छ ।
२० देशबाट भ्याक्सिनको अर्डर समेत आएको रुसले जनाएको छ ।
भारत, साऊदी अरब, इडोनेशिया, फिलिपिन्स, ब्राजील, मेक्सीको लगायतका देशले यो भ्याक्सिन खरीद गर्ने चाहना राखेको बताईएको छ ।

भ्याक्सिनको नाम उपग्रहसगँ किन जोडियो ?
रुसका राष्ट्रपति पुटिनले यो कोरोना भ्याक्सिनको नाम स्पुतनिक भी राखेका छन् । स्पुतनीक सन् १९५७ मा रुसले पहिलो पटक अन्तरीक्षमा पठाएको अन्तरीक्ष यान थियो । त्यो स्याटेलाईट परीक्षण गर्दा अमेरीका चिन्तित बनेको थियो । अहिले कोरोना बिरुद्धको महामारीमा पनि रुसले अग्रणी स्थान हासिल गरे पछि अमेरीका बेलायत ले आशंका जनाईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी