एजेन्सी साउन २८ । अमेरीकाको आसन्न राष्ट्रपतिय निर्वाचनमा डेमोक्रयाटका उम्मेद्धार जोई बिदेनको उपराष्ट्रपतिका रुपमा भारतीय मुलकी कमला ह्यारीस घोषित भएकी छन् ।
कमला भारतीय जमाईका मुलकी पहिलो काला जातिकी महिला हुन् जो पहिलो पटक अमेरीकी उपराष्ट्रपति पदका लागि उम्मेद्धार बन्न सफल भएकी छन् ।
यस भन्दा अघि अमेरीकामा केबल दुई पटक महिला उपराष्ट्रपति चयन भएका थिए ।
सन् २००८ मा रिपव्लिकनका तर्फबाट सारा पैलिन उम्मेद्धार थिईन् भने सन् १९८४ मा डेमोक्रयाटका तर्फबाट गिरालडिन फेरारो उम्मेद्धार भएकी थिईन् ।
आज सम्म कुनै पनि मुख्य पार्टीले अस्वेत महिलालाई उपराष्ट्रपतिको उम्मेद्धार समेत बनाएका थिएनन् ।
साथै अहिले सम्म अमेरीकामा कोही पनि महिला राष्ट्रपतिमा निर्वाचित हुन सकेका थिएनन् ।
सन् २०१६ मा हिलेरी क्लिन्टनले जीत निकाल्ने ठूलो विस्वास गरिएको भए पनि अन्ततः ट्रम्प निर्वाचित भएका थिए ।
कमला क्यालिफोर्नियाकी सांसद हुन् । उनी प्रहरीमा सुधार ल्याउनु पर्ने पक्षमा समेत रहेकी छन् ।
आउदो नोभमेम्बर ३ मा अमेरीकामा राष्ट्रपतिको निर्वाचन हुदैछ ।
ट्रम्प र विदेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।