साउन २७ काठमाडौं । अमेरीकी राष्ट्रपति ट्रम्प बोल्दा बोल्दै राष्ट्रपति निवास ह्वाईट हाउस बाहिर अचानक गोली पड्किए पछि उनी पत्रकार सम्मेलन छाडेर हिडेका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकार सम्मेलनमा व्यस्त रहेका बेला ह्वाइट हाउस नजिकै गोली प्रहार भएपछि सुरक्षा गार्ड मञ्चमा पुगेर ट्रम्पलाई भित्र लगेका थिए ।
राष्ट्रपतिको सुरक्षा समूह सेक्रेट सर्भिसका सुरक्षाकर्मीले पोडियममा बोलिरहेको ट्रम्पलाई सुरक्षित तवरले त्यहाँबाट फिर्ता लगे ।
यसको झण्डै ९ मिनेट पछि पुनः पत्रकार सम्मेलनमा उपस्थित भएका ट्रम्पले ह्वाइट हाउस नजिकै एक व्यक्तिमाथि गोली प्रहार भएकोले सुरक्षा सतर्कता अपनाउनु परेको बताएका थिए ।
ट्रम्पले यस घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline