साउन २६ एजेन्सी । पाकिस्तानबाट भारत आएका ११ जना हिन्दु शरणार्थीलाई बिषको सुई लगाएर मारिएको खुलेको छ ।
राजस्थानको जोधपुरमा खेतीको काम गर्ने ती परिवारका ११ जनाको रहस्यमय मृत्यु भए पछि प्रहरीले अनुसन्धान गरीरहेको छ । उनीहरु तीन महिनादेखि त्याहाँ रहेका थिए । यस मृत्युले सो क्षेत्रमा खलबली मच्चिएको छ ।
यो परिवार सन् २०१५ डिसेम्बरमा भारत आएको थियो । त्यस परिवारमा अब एक जना मात्र जीवित बचेका छन् ।
राम नामका तीनै जीवित सदस्य राति खाना खाएर खेतमा निलगाई खेद्न गएका थिए । उनी निन्द्राले खेतमै सुतेर बिहान फर्किदा सबै परिवारजनको मृत्यु भईसकेको थियो ।
प्रहरीले शब भएको ठाँउमा बिषको सिसी र सिरिञ्ज फेला पारेको छ र रामलाई हिरासतमा लिएको छ । विवाह लगायतका आन्तरीक कारणले परिवारभित्र झगडा भने हुने गरेको रामले बयान दिएका छन् ।
यस बारेमा प्रहरीले विस्तृत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छैन ।