एजेन्सी साउन २२ । भारतको अयोध्यामा प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलन्यास गरे लगत्तै मुल्सिम समुदायले बिरोध शुरु गरेका छन् ।
हिजो ओवैसीले चेतावनी दिएको भोली पल्ट आज अर्का मुल्सिम नेताले अयोध्याको राम मन्दिर भत्काएर मस्जिद बनाउने चेतावनी दिएका छन् ।
अल ईन्डिया ईमाम एसोसिएसनका अध्यक्ष साजीद रसीदीले राम मन्दिर भत्काएर मस्जिद बनाउने चेतावनी दिएका हुन् ।
साजीदले विवादीत ईलाकामा कहिले पनि मन्दिर नबनेको भन्दै त्याहाँ बाबरी मस्जिद रहेको र अब पनि मस्जिद बन्ने बताए ।
त्याहाँ मन्दिर भत्काएर मस्जिद बनेको थिएन भन्दै उनले त्याहाँ अब मन्दिर भत्काएर मस्जिद बन्ने उनले चेतावनी दिए ।
करीब साढे ४ सय बर्ष सम्म बाबरी मस्जिद रहेको सो क्षेत्रमा राम मन्दिरको शिलन्यास हिजो गरिएको थियो ।
सो क्षेत्रमा हिन्दु मुसलमानको संघर्ष हुदै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline