एजेन्सी साउन २२ । चीनले भारतद्धारा कास्मीरमा धारा ३ सय ७० खारेज गरे चालिएको कदम एक तर्फी र अवैध भएको प्रतिकृया दिएको छ ।
अगष्ट ५ मा मोदी सरकारले कास्मीरको स्वायत्तता खारेज गर्दै केन्द्र शासन मातहत ल्याए पछि विरोध हुदै आएको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता वान वेन बिंगले कास्मीर मुद्धा भारत र पाकिस्तानले विवादीत मुद्धा भएको र यो सयुक्त राष्ट्रसंघ चार्टर, सुरक्षा परिषद्को प्रस्तावहरुमा र दुबै देशको सम्झौतामा पनि उल्लेख भएको बताए ।
कास्मीरमा भारतले एक तर्फी कदम चाल्नु अवैध रहेको र दुबै देशबीच शान्तिपूर्ण संवाद मार्फत समाधान गर्नु पर्ने उनले बताए ।
हिजै पाकिस्तानी प्रधानमन्त्रीले कास्मीरको धारा ३ सय ७० खारेज गरेर मोदीले गंभीर गल्ती गरेको र अब कास्मीर छिट्टै मुक्त हुने बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline