एजेन्सी ।
बङ्लादेशमा कम्तीमा १७ जनाको ज्यान जाने गरी बुधबार डुङ्गा दुर्घटना भएको छ । ४८ जना यात्रु सवार उक्त डुङ्गा दुर्घटनामा परी १७ जनाको ज्यान गएको हो ।
राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा अवस्थीत नेट्रोकोना जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी १७ जना यात्रुको ज्यान गएको छ भने एक जना अझै बेपत्ता रहेको स्रोतले जनाएकोे छ ।
नेट्रोकोना जिल्लाका एक प्रहरी प्रमुखका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पानी सतहबाट निकाली सकेको र बेपत्ता एकको खाजी कार्य भइरहेको जनाएका छन् ।
खराब मौसमका कारण डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटना बुधबार मध्याह्नको समयमा खराब मौसमका कारण निम्तीएको प्रहरी प्रमुखले बताउनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline