चीनले लद्धाख नजिक तैनाथ गर्यो परमाणु क्षेप्यास्त्र, भारतले पनि बढायो उच्च सतर्कता !

चीनले लद्धाख नजिक तैनाथ गर्यो परमाणु क्षेप्यास्त्र, भारतले पनि बढायो उच्च सतर्कता !

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

साउन २१ एजेन्सी । जुन १५ मा भारत र चीनका सेनाबीच हतियार विहीन रक्तपातपूर्ण झड पछि वार्ता मार्फत सीमा समस्या समाधान गर्ने प्रयास भईरहेको छ । कमाण्डर स्तरमा र कुटनैतिक स्तरमा वार्ता पछि लद्धाखको झडप भएको क्षेत्रबाट दुबै देशले डेड किलो मिटर सेना पछि हटाएका छन् ।
तर पनि दुबै देशले सीमाको निगरानी र युद्धको तयारी छाडेका छैनन् ।
भारतले हालै फ्रान्सबाट अत्याधुनिक लडाकु विमान राफेल भित्र्याएको केही समय वित्न नपाउदै चीनले लद्धाख नजिक परमाणु र परम्परागत दुबै क्षेप्यास्त्र प्रहार गर्न सक्ने डिएफ २६ तैनाथ गरेको दाबी गरिएको छ । यो लद्धाख भन्दा ५ सय किलो मिटर मात्र नजिक छ ।
डिएफ २६ चीनले अमेरीका बिरुद्ध लक्षित गरेर सन् २०१५ मा जनमुक्ति सेनामा सामेल गरेको थियो । यसलाई गुआम किलर पनि भनिन्छ । जापानको गुआममा रहेको अमेरीकी सैन्य अखडालाई लक्षित गरेर यो हतियारको विकास गरिएको हो ।
यसको मारक क्षमता ४ हजार किलो मिटर रहेको छ । साथै परमाणु र परम्परागत दुबै हतियार एकै पटक लान सक्ने भएकाले विपक्षीलाई कुन हतियार ल्याउदै छ भनेर ठम्याउन कठिन पर्ने विज्ञहरुको चेतावनी छ ।
लद्धाख नजिक तैनाथ यो डिएफ २६ ले भारतको दिल्ली सहित अधिकाश शहरहरुलाई निशाना बनाउन सक्ने नवभारत टाईम्सले उल्लेख गरेको छ ।
सिन्जियागं प्रान्तको कोर्ला सैन्य आधार शिविरमा डिएफ र परमाणु वम बर्षक विमान तैनाथ गरिएको स्याटेलाईट तस्वीरहरुमार्फत खुलासा भएको दाबी गरिएको छ ।

फेडरेशन अफ अमेरीकी साईन्टीष्टले स्याटेलाईट मार्फत लिएको यो तस्वीर जारी गर्दै चीनको यो आक्रामक रबैयाले छिमेकीलाई तनाव उत्पन्न गराउने दाबी गरिएको छ ।
अमेरीकी विज्ञहरुले भारतसगँ भन्दा बढी चीनसगँ परमाणु हतियार रहेको बताएका छन् । भारतसगँ करीब एक सय ५० परमाणु हतियार रहेको छ भने चीनसगँ ३ सय २० परमाणु हतियार रहेको छ ।
रिपोर्ट अनुसार चीन छिट्टै फ्रान्सलाई उछिन्दै रुस र अमेरीका पछि धेरै परमाणु हतियार बनाउने देश भित्र पर्दै छ ।

परमाणु हतियारमाथि निगरानी गर्ने अन्तराष्ट्रिय संस्था सिप्रीका अनुसार पछिल्लो बर्ष मात्रै चीनले ३० वटा परमाणु बम बनाएको छ ।
साथै चीनले भारतसगँको सीमा नजिक लामो दुरीको परमाणु बम्बर, क्रुज मिसाईल जस्ता अत्याधुनिक हतियार, टैंक र ड्रोन समेत तैनाथ गरेको छ ।

भारतले पनि सीमानामा चीनलाई जवाफ दिन भन्दै थप सेना उतारेको छ भने टैंकहरु , लडाकु विमानहरु एलर्ट राखेको छ । हालै फ्रान्सबाट ल्याएको राफेल पनि चीनीया सीमा नजिक तैनाथी शुरु भएको छ ।
जुन १५ मा २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि केही तनाव भए पनि कम भएको भनिएका बेला यी समाचार सार्वजनिक भएका छन् ।
डोप्सागं लगायतका अन्य क्षेत्रमा दुबै देशले सेनाको संख्या बढाईरहेका छन् ।
सन् १९६२ को युद्ध पछि दुबै देशले सीमामा शक्ति केन्द्रीत गरेर पुनः आमनेसामने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ