पाकिस्तानले भारत शासित कास्मीर सहितको नयाँ नक्सा जारी गर्यो

पाकिस्तानले भारत शासित कास्मीर सहितको नयाँ नक्सा जारी गर्यो

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.9K
    SHARES

एजेन्सी साउन २० । केही समय अघि नेपालले भारतले लिपुलेक स्थित नेपाली भुभागमा सडक बनाएर अतिक्रमणको बिरोध गर्दै नेपालले नयाँ नक्सा जारी गरे जस्तै पाकिस्तानले पनि भारतले शासन गरीरहेको जम्मु कास्मीर सहित सियाचिन सहितको भुभाग समेटिएको नयाँ नक्सा जारी गरेको छ ।
पाकिस्तानले ईतिहासमा पहिलो पटक यो नक्सा जारी गरेको पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरैसीले बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अगष्ट ५ मा गत बर्ष भारतले धारा ३ सय ७० खारेज गरे पछि देखिएको समस्याको समाधान राष्ट्रसंघीय मध्यस्थतामा हुनु पर्ने र सैन्य हैन राजनीतिक तरीकाले मात्रै समाधान निस्कने पनि बताए ।
उनले सबै पार्टी र जनताको समर्थनमा नयाँ नक्सा ऐतिहासिक रुपले जारी भएको बताएका छन् ।
अब विदेशमा, स्कुल, कलेज, सबै तिर लागू हुने खानले बताए ।
विदेशमन्त्री मोहम्मद कुरैसीले सबै जनतालाई बधाई दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ