एजेन्सी ।
२० साउन । गएको २४ घण्टामा ५२ हजार बढीमा कोरोना पुण्टि भएसगैं भारतमा कुल सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको हो ।
त्यसैगरी गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण भारतमा ८०३ को मृत्यु भएको छ । आज ८०३ को मृत्यु भएसगैं कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको सरकारी स्रोतले जनाएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएको र हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेको सरकारी अधिकारीहरुले जनाए ।
भारतको महाराष्ट्र रान्य सबभन्दा बढी प्रभावित रहेको छ , जहाँ चार लाख ५० हजार १९६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । एक लाख ४७ हजार ३२४ जना सङ्क्रमित अवस्थामा नै छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६०९ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार २४१ जनाको मृत्यु भएको छ ।
राजधानी दिल्ली राज्यमा एक लाख ३८ हजार ४८२ जनामा सङ्क्रमण भएको छ भने एक लाख २४ हजार २५४ जना निको भएर घर फर्किएको छन् भने चार हजार २१ जनाको मृत्यु भएको छ ।