कोरोना भाइरस संक्रमणका कारण झन्डै सात लाखको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण झन्डै सात लाखको मृत्यु

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी ।
२० साउन । विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण मङ्गलबारसम्म ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जानकारी दिएको छ ।
त्यसैगरी मङ्गलबारसम्म विश्वभरी १ करोड ८४ लाख ५० हजार ८३७ बढी कोरोना संक्रमित भएको डब्लुएचओले जनाएको छ ।

कोरोना संक्रमित मध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् भने ६० लाख ७१ हजार ५९६ भन्दा बढी सक्रिय केश रहेको छ । उनिहरुको उपचार भइरहेको र संक्रमितहरु मध्ये पनि ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले अमेरिकालाइ सबैभन्दा बढी प्रभावित पारेको छ ।संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् भने कोरोनाका कारण १ लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ४ हजार ६४ को मृत्यु भएको छ । एसिया ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस संक्रमित भएका छन् भने २५७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ