एजेन्सी साउन २० । भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतले छानविनको अनुमति दिए पछि स्पेनका पूर्व राजा जुआन कार्लोसले देश छाड्ने घोषणा गरेका छन् ।
८२ बर्षे पूर्व राजा कार्लोसले बाँकी जीवन बिदेश बिताउने घोषणा गरेका हुन् ।
उनले साउदी अरबबाट हाई स्पीड रेलको ठेक्का दिने क्रममा एक सय मिलियन अमेरीकी डलर लिएको दाबी गरिएको छ ।
स्वीजरल्याण्डको अखबार ला ट्रिब्युनमा उनले साउदीका राजा अब्दुल्लाहबाट त्यो रकम बुझेको दाबी गरिएको छ ।
यस सम्बन्धि मुद्धाको अनुसन्धान गर्न स्पेनको सर्बोच्च अदालतले गत जुनमा अनुमति दिएको थियो ।
उनले विदेशमा बसेर पनि आफूमाथिका आरोपहरुको बारेमा भने जवाफ दिनु पर्ने छ ।
उनका छोरा राजा लुई फिलिपले आफ्ना पिताको निर्णयको स्वागत गरेका छन् ।
कार्लोसले आफ्नो छोराको शासनमा समस्या नहोस् भनेर देश छाड्ने भएकोे बताईएको छ ।
सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्यु पछि कार्लोसले शान्तिपूर्ण प्रजातन्त्र स्थापनामा ठूलो योगदान दिएका थिए ।