नेपाल भारतको विवाद रहेको लिपुलेक नजिक चीनले तैनाथ गर्यो जनमुक्ति सेना

नेपाल भारतको विवाद रहेको लिपुलेक नजिक चीनले तैनाथ गर्यो जनमुक्ति सेना

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 33.3K
    SHARES

साउन १८ काठमाण्डौं । नेपाल भारतबीच लिपुलेक, कालापानी, लिम्पियाधुराका बिषयमा बिबाद समाधान हुन नसकेका बेला चीनले लिपुलेक नजिक जनमुक्ति सेना तैनाथ गरेको छ । हिन्दुस्तान टाईम्सका अनुसार एक हजार भन्दा बढी जनमुक्ति सेना लिपुलेक सीमाको नजिक देखा परेका छन् ।
लद्धाखमा १५ जुनको रक्तपातपूर्ण झडप पछि सो क्षेत्रबाट दुबै देशको सेना डेढ किलो मिटर पछि हट्ने सहमति गरेर तनाव साम्य पारे पनि लिपुलेकमा जनमुक्ति सनाको मुभमेन्ट देखिएको भारतीय सञ्चार माध्यमको दाबी छ ।
जनमुक्ति सेनाको एक बटालिन फोर्स सीमाको अत्यन्त नजिक देखिए पछि भारतले पनि आफ्नो तर्फ सोही बराबरको सेना तैनाथ गरेको उक्त समाचारमा दाबी गरिएको छ । चीन तर्फबाट कुनै प्रतिकृया आएको छैन ।
लिपुलेक पासमा नेपाल, चीन भारतको त्रिदेशीय बिन्दु रहेको छ । हालै भारतले चीनको तिव्वत स्थित कैलाश मानसरोबार जोड्ने बाटो लिपुलेक स्थित नेपाली भूमिमा खने पछि नेपालले कडा आपत्ति जनाउदै आएको छ ।
त्यसका बाबजुद भारतले नेपालसगँ बार्ता समेत आलटाल गर्दै आएको छ भने सडक धमाधम खनिरहेको छ । नेपाली भुभागमा करीब ८० किलो मिटर बाटो खनेको छ र अहिले बिस्तार गरीरहेको छ ।
लिपुलेक, कालापानी, लिम्पियाधुरा सन् १९६२ मा चीनसगँको युद्धमा पराजीत भए पछि फर्किएको भारतीय सेनाले कालापानीमा दुई वटा क्याम्प राखेर बसे पछि कब्जा शुरु गरेको थियो ।
त्यस पछि नेपालीहरुलाई अहिले नेपालकै भूमिमा प्रवेश समेत अवैध भन्दै भारतले केही समय अघि पत्र पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ