साउन १७ एजेन्सी । विश्वमा अहिले सम्मकै धेरै एकै दिन झण्डै तीन लाख संक्रमित थपिएका छन् । दिन प्रतिदिन कोरोना घातक बन्दै गईरहेका बेला विश्वमा २४ घण्टामा मात्रै २ लाख ९२ हजार ५ सय २७ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यस अघि जुलाई २४ मा एकै दिन धेरै संक्रमित करीब २ लाख ८४ हजार फेला परेका थिए ।
यही अवधिमा विश्वभर ६ हजार ८ सय १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै ब्राजिलमा ६९ हजार ७४ जना, अमेरीकामा ६५ हजार ४ सय ६ जना, भारतमा ५५ हजार ७८ जना संक्रमित भएको डब्लु एचओले जनाएको छ ।
यस्तै दक्षिण अफ्रीकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जना २४ घण्टा भित्र संक्रमित भएको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline