एजेन्सी ।
१६ साउन । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार भन्दा बढीमा कोरोना सक्रंमण पुष्टि भएको छ । यो सगैं भारतमा कुल संक्रमीतको संख्या १६ लाख नाघेको छ ।
भारतमा कुल सङ्क्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको भारतको केद्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गएको २४ घण्टामा कोरोना भाइरसका कारण ७७९ जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।यो सगैं भारतमा कुल मृतकको संख्या ३५ हजार ७४७ जना पुगेको छ ।
सरकारी अधिकारीका अनुसार हालसम्म भारतमा दश लाख ५७ हजार ८०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै हाल पाँच लाख ४५ हजार ३१८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेको स्रोतले जनाएको छ ।
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ ।