चुनाव सार्ने ट्रम्पको प्रस्ताव पछि विपक्षी र आफ्नै पार्टीका नेता आक्रोशित

चुनाव सार्ने ट्रम्पको प्रस्ताव पछि विपक्षी र आफ्नै पार्टीका नेता आक्रोशित

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

साउन १६ काठमाडौं । नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिपक्षी र आफ्नै दलका नेताबाट आलोचनाको शिकार भएका छन् ।

चुनावमा छल हुनसक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने ट्रम्पको तर्क यतिवेला उहाँकै पार्टीका शिर्ष नेताहरुबाट आलोचनाको विषय बनिरहेको छ ।

विपक्षी डेमोक्रेटिक पार्टीले तिब्र विरोध जनाईरहेको बेला ट्रम्पकै दल रिपब्लिकन पनि आलोचनमा उत्रिएको हो ।

माथिल्लो सदन सिनेटका मेजरिटी लिडर मिच म्याकोनेल र तल्लो सदनका माइनोरिटी लिडर केविन म्याकर्थीले ट्रम्पको प्रस्ताव खारेज गर्नुभएको छ ।

उहाँहरु दुवै जना रिपब्लिकन हुनुहुन्छ । ट्रम्पसँग राष्ट्रपतिको चुनाव पछि सार्ने कुनै अधिकार छैन । चुनाव पछि सार्ने प्रस्ताव संसदले पास गर्नु पर्छ ।

ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली, छल तथा तथ्यगत नतिजा नआउने भन्दै चुनाव सार्ने प्रस्ताव गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ