एजेन्सी ।
१५ साउन । एक समूहले नाइजेरियाको कोगी राज्यमा बन्दुकको प्रयोग गरी एकै गाउँका १४ जनाको हत्या गरेका छन् ।
कोगी राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी हुन् । मृत्यु भएका १४ जना मध्य १३ जना एकै परिवारको सदस्य रहेको पनि प्रहरी प्रमुख एडी आयुबाकाले जानकारी दिनुभयो ।
बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएको प्रहरी प्रमुख एडी आयुबाले बताए। के कारणले आक्रमण भएको भने अझै नखुलेको कोगी राज्यका प्रहरी प्रमुख एडी आयुबाको भनाइ छ ।
प्रहरी प्रमुख आयुबाका अनुसार घटना भएको गाउँमा सुरक्षाकर्मीहरु पुग्नु अगावै आक्रमणकारीहरु फरार भएका थिए ।
अहिले आक्रमणकारीको खोजी कार्य संगै घटनाको अनुसन्धान भइरहेको आयुबाले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline