अफगान शान्तिवार्ता अघि बढाउन तीन दिने युद्धबिरामको घोषणा

अफगान शान्तिवार्ता अघि बढाउन तीन दिने युद्धबिरामको घोषणा

  • बुधबार, साउन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काबुल, १३ साउन । लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता अघि बढ्ने देखिएको छ । त्यसको पूर्व तयारी स्वरुप अफ्गानिस्तानमा तीन दिनका लागि युद्ध बिरामको घोषणा भएको छ ।

अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ ।

पहिलो चरणको युद्धबिराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन यही शुक्रबारदेखि शुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहनेछ ।

तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताउनु भएको छ ।

यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको बिनाशर्त रिहाईका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन ।

तर राष्ट्रपति घानीले सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै भन्नुभएको छ, “शान्तितर्फ सरकारको प्रतिबद्धता जनाउँदै इस्लामिक गणतन्त्र अफगानिस्तानले पाँच हजार तालिबानी बन्दीहरुलाई मुक्त गर्ने कार्य चाँडै सम्पन्न गर्नेछ ।”

पाँच हजार तालिबानी युद्धबन्दीलाई मुक्त गर्न यसअघि गत फेब्रुअरीमा अमेरिका र तालिबानबीचको एक सम्झौतामा सहमति भइसकेको छ ।

राष्ट्रपति घानीले तालिबान समूहसँगको प्रत्यक्ष मध्यस्थता वार्ता अर्को साताभित्रै शुरु हुने सम्भावना रहेको बताउनुभयो ।

राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेदिकीले काबुल सरकारले युद्धबिराम पालना भएनभएको अनुगमन गर्ने जानकारी दिनुभयो । उहाँले अफगान जनताले दिगो युद्धबिराम चाहनुका साथै अफगान सरकार र तालिबानबीच प्रत्यक्ष वार्ता होस् भन्ने चाहेका छन् भन्नुभयो ।

तालिबान समूहले गत साता नै इद पर्व लगत्तै अफगान सरकारसँग प्रत्यक्ष मध्यस्थता वार्ता गर्न तयारी गरिरहेको संकेत दिएका थिए ।

तालिबान समूहका तर्फबाट जारी एक वक्तव्यमा तालिबानका सैन्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकूहरुलाई इद अल–अधाका अवसरमा तीन दिनसम्म कुनै सैन्य कारबाही नगर्न आदेश दिनु भएको उल्लेख छ । उहाँले सरकारी वा दुश्मन पक्षबाट कुनै कारबाही भए त्यसलाई स्वीकार गर्न नसकिने पनि चेतावनी दिनुभएको छ ।

सन् २००१ मा अफगान युद्ध शुरु भएयता यो तेस्रो युद्धबिराम हो । यसअघि सन् २०१८ को जुन तथा यसै वर्षको मे महिनामा रमादानका अवसरमा युद्धबिराम गरिएका थिए ।

पछिल्लो घोषणाप्रति आम अफगानीले सन्तोषप्रद भन्दै स्वागत गरेका छन् ।

काबुलस्थित अमेरिकी कुटनीतिज्ञ रस विल्सनले युद्धबिरामको स्वागत गर्नुका साथै दुबै पक्षले जतिसक्दो चाँडो मध्यस्थता वार्ता गर्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले ट्वीट गर्दै सबै अफगानीले इद पर्वलाई शान्तिपूर्वक मनाउने बताउनुभयो ।

अमेरिका र तालिबानबीच गत फेब्रुअरीमा सम्झौता भएयता तीन हजार ५०० भन्दा बढी अफगान सैनिकको ज्यान गइसकेको राष्ट्रपति घानीले बताउनु भएको छ । यस्तै, ७७५ जना सर्वसाधारण मारिनुका साथै एक हजार ६०९ जना घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ