साउन १४ एजेन्सी । ईरानको सेनाले गरेको युद्ध अभ्यासका क्रममा हर्मुज खाडीमा रहेको अमेरीकाको डमी युद्धपोतमा क्षेप्यास्त्र प्रहार गरी नष्ट गरिदिएको छ ।
ईरानी सेनाको यो अभ्यास पछि अमेरीकाले क्षेत्रीय सैन्य अखडालाई अलर्ट गरेको छ ।
अमेरीकी नौसेनाले ईरानको यो कदम गैर जिम्मेवार र उक्साहटपूर्ण भएको बताएको छ ।
अमेरीकाले निरन्तर ईरानमाथि दबाब र नाकाबन्दी जारी राखेका बेला ईरानले हर्मुज खाडीमा युद्ध अभ्यास, हतियार, लडाकु विमान र क्षेप्यास्त्रको विकास गरीरहेको छ ।
ईरानी रिभोल्युसनरी गार्डका कमाण्डर जनरल हसेन सालामीले यस अभ्यासमा ईरानको वायुसेना र जल सेनाको आक्रामक क्षमताको प्रदर्शन भएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline