एजेन्सी साउन ११ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुसी नेभीसगँ अब छिट्टै हाईपर सोनिक आणविक क्षेप्यास्त्र र अण्डर वाटर आणविक ड्रोन सामेल गरिने बताएका छन् ।
विश्वमा हतियार र सैन्य क्षमता विकासमा प्रतिस्पर्धा चलिरहेका बेला रुसले यो घोषणा गरेको हो ।
यस मध्य पानी मुनीबाट सबमरिनबाट परिचालन गरिने ड्रोन तैनाथ हुन बाँकी रहेको रुसी सेनाले जनाएको छ ।
सिरकोन नामक हाईपर सोनिक क्षेप्यास्त्र जमिनमा तैनाथ गरिने छ । यो मिसाईल ध्वनी भन्दा पाँच गुणा बढी गतिमा जान सक्छ ।
यसलाई अहिले सम्म रहेका कुनै पनि राडारले ट्रयाक गर्न र ईन्टरसेप्ट गर्न नसक्ने रुसी सेनाका प्राविधिकहरुले बताएका छन् ।
सेन्ट पिटेर्सबर्गमा बोल्दै पुटिनले रुसले विश्वमा हतियारको दौड नचाहेको तर रुसले संसारको जुनसुकै भुभागमा प्रहार गर्न सक्ने क्षमताको भएको दाबी गरेका छन् ।
नेभी परेडलाई संवोधन गरेका पुटिनले रुसी सेनाका उत्कृष्ट सबमरिन,युद्धपोत रहेको भन्दै यस बर्ष ४० वटा वारसिप थप गरिने बताए ।

हाईपर सोनिक क्षेप्यास्त्र र अण्डर वाटर ड्रोनले हतियार र आक्रामक क्षमतामा समानता र सन्तुलन ल्याउने पुटिनले बताए ।
रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी सबमरिनबाट परिचालन गरिने अण्डर वाटर ड्रोन परीक्षणमा रहेको र सफलतापूर्वक अघि बढीरहेको बताएको छ ।
रुस विश्वको सबै भन्दा दोस्रो ठूलो सैन्य शक्ति रहेको छ । रुस र अमेरीका तथा बेलायतलगायतका मुलुकबीच तनाव बढीरहेका बेला रुसी राष्ट्रपतिको यो घोषणा आएको हो ।