एजेन्सी ।
११ साउन । संयुक्तराज्य अमेरिकाको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।
वेस्ट जोर्डान प्रहरी अधिकारीका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो ।
बिमान जुन घरमा खसेको थियो त्यँही घरकी महिला पनि घाइते हुनुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ ।
अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन गर्न थालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline