पश्चिम अफगानिस्तानमा सैनिक कारबाहीमा मुख्य तालिबान कमान्डर सहित आठ लडाकू मारिए

पश्चिम अफगानिस्तानमा सैनिक कारबाहीमा मुख्य तालिबान कमान्डर सहित आठ लडाकू मारिए

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

११ साउन । अफगानिस्तानको घोर प्रान्तको शाहराक जिल्लामा सरकारी सेनासँग भएको भिडन्तमा आठ जना तालिबान लडाकू मारिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार भिडन्तमा एक जना मुख्य तालिबान कमान्डर मारिएको जनाएको छ ।

अफगान सेनाद्वारा जारी वक्तव्यमा आइतबार भएको उक्त भिडन्तमा तालिबान कमान्डर मुल्लाह खक्सारको मृत्यु भएको उल्लेख छ ।

तालिबान कमान्डर मुल्लाह खक्सारको नेतृत्वमा आएको तालिबान समूहको एक टोलीले खारिस्तान क्षेत्रको एउटा सुरक्षा जाँच चौकीमा आक्रमण गरेपछि भिडन्त भएको थियो । सरकारी सेनाको जवाफी कारबाहीमा कमान्डर खक्सार सहित आठ जनाको घटनास्थलमै मृत्यु भएको र अरु लडाकू त्यहाँबाट भागेको सेनाले जनाएको छ ।

घोर प्रान्तका तालिबानमाथि कमान्डर खक्सारको मृत्युले ठूलो क्षति पुगेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फिरोज कोह राजधानी रहेको घोर प्रान्तमा तालिबानको प्रभावशाली उपस्थिति रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ