एजेन्सी साउन ११ । अमेरीकासगँ दक्षिणी चीनीया सागरमा सैन्य टकराव देखि दुतावास बन्द सम्मको स्थितिमा अमेरीकालाई जिम्मेवार ठहर्याउदै चीनले दक्षिणी चीनीया सागरमा पुनः ठूलो सैन्य अभ्यास शुरु गरेको छ । चीनीया जनमुक्ति सेनाको नेभी फोर्सले आज स्वदेशमै निर्मित एजी ६०० नाम घातक लडाकु विमानको सफल परीक्षण गरको जनाएको छ ।
यो लडाकु विमान समुन्द्रमै अवतरण गर्न र समुन्द्रबाटै उडान गर्न सक्ने ग्लोबल टाईम्सले ट्वीट गरेको भिडियोमा देख्न सकिन्छ । साथै यसले विमानस्थलमा पनि अवतरण र उडान गर्न सक्छ ।
जनमुक्ति सेनाको नेभी फोर्सले शनिबार शुरु गरेको अभ्यास चरणवद्ध रुपमा आ
दक्षिणी चीनीया सागरको चीनको नियन्त्रणमा रहेको क्षेत्र नजिक केही समय अघि अमेरकिाले शक्ति प्रदर्शन गर्नुका साथै युद्धपोत र लडाकु विमानहरु निरन्तर गस्तीमा पठाईरहेको छ ।
यसलाई उक्साहटको संज्ञा दिदै चीनले सागरमा आफ्नो देशको सार्वभौमिकताको रक्षाका लागि जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउदै आएको छ ।
चीन र अमेरीकाबीच कोरोना, ताईवान, हंगकंग र दक्षिणी चीनीया सागर मामलामा टकराब बढीरहेको छ ।
विज्ञहरुले कुनै पनि बेला दक्षिणी चीनीया सागरमा सैन्य टकराव आउन सक्ने चेतावनी दिदै आएका छन् ।
चीनले यो सैन्य अभ्यास अगष्ट २ सम्म नयाँ चरणबाट अघि बढाउने र क्षेप्यास्त्र, युद्धपोत र रकेट फोर्स पनि सहभागी गराउने जनाएको छ ।
दक्षिणी चीनीया सागरमा अमेरीकाले निरन्तर हस्तक्षेप गरीरहेको चीनको आरोप छ ।