एजेन्सी साउन ११ । नेपाल, चीन, पाकिस्तानसगँको सम्बन्ध तनावपूर्ण रहेको भारतको बंगलादेशसँगको सम्बन्ध पनि बिग्रदै गएको छ । बंगलादेशी मिडियाका अनुसार चार महिना देखि बंगलादेशकी प्रधानमन्त्री शेख हसिवा वाजेदलाई भेट्ने प्रयास भारतीय उच्चायुक्त रीवा गांगुलीले गरे पनि शेखले भेट दिएकी छैनन् ।
बरु यस अवधिमा शेखले पाकिस्तानी प्रधानमन्त्री ईमरान खानसगँ टेलिफोन संवाद गरेकी छन् भने चीनसगँको ठूलो व्यापारीक सम्झौता गरेकी छन् ।
भारतले बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानका गैर मुस्लिम शरणार्थीलाई नागरिकता दिने तर मुस्लिमलाई नदिने कानुन ( सिएए ) ल्याए पछि बंगलादेश भारतसगँ क्रुद्ध बनेको हो ।
यो कानुन ल्याए पछि बंगलादेशका विदेशमन्त्रीले भारत भ्रमण रद्ध गरेका थिए ।
अहिले भारतसगँ तनाब बढीरहेका बेला बंगलादेशले सिलहट विमानस्थलको टर्मिनलको ठेक्का भारतको बिरोधका बीच चीनलाई दिएको छ । यो विमानस्थल भारतको उत्तरपुर्वी राज्यसगँ जोडिन्छ ।
साथै बंगलादेशले भारतमा रहेका अबैध आफ्ना मुलुकका नागरिकको सूची समेत यस अघि मागेको थियो ।
भारतकै सहयोगमा पाकिस्तानबाट टुक्रिएर सन् १९७१ मा बनेको बंगलादेशसगँ चीनले ब्यापार बृद्धिका लागि ९७ प्रतिशत बस्तु निर्यातमा शुन्य भन्सार कायम गरीदिएको छ ।
श्रीलकासगँ पनि पछिल्लो समय भारततको सम्बन्ध तनाव नभए पनि उसले चीनसगँ लगानी र व्यापार बढाएको छ ।
माल्दिभ्ससगँ पनि चीनको सम्बन्ध बलियो बन्दै गएको छ भने भुटानमा पनि सीमा विवाद समाधान गर्न चीनले विभिन्न प्रस्ताव अघि सारेको छ ।
नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो नक्सामा पार्दै सडक बनाए पछि नेपालसगँ पनि भारतको सम्बन्ध तनावपूर्ण रहेको छ ।