आफ्नो वाणिज्य दुतावासको ढोका फोरेर अमेरीकी अधिकारी पसे पछि, अमेरीकी दुतावास बाहिर चीनले तैनाथ गर्यो प्रहरी

आफ्नो वाणिज्य दुतावासको ढोका फोरेर अमेरीकी अधिकारी पसे पछि, अमेरीकी दुतावास बाहिर चीनले तैनाथ गर्यो प्रहरी

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

साउन ११ एजेन्सी । अमेरीका र चीनबीचको तनाब निरन्तर बढीरहेको छ । अमेरिकाको हस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको कार्यालयमा अमेरिकी अधिकारीहरुको समूहले जबर्जस्ती ढोका खोलेर प्रवेश गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएपछि दूतावासको कार्यालयमा यस्तो दृश्य देखिएको हो । शुक्रबार साँझ ती अधिकारीहरुले दूतावासको पछाडिपट्टीको ढोका खोल्दै गरेको दृश्य सार्वजनिक भएको थियो ।

चिनियाँ अधिकारीहरुले शुक्रबार दूतावास छाडेको केही घण्टामै अमेरिकी अधिकारीहरुले कार्यालयको ढोका खोलिदिएका हुन् ।

गत बुधबार ट्रम्पले चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएका थिए ।

यसको बदलामा चीनले पनि छेग्दुमा रहेको अमेरीकी महावाणिव्य दुतावास बन्द गर्न ७२ घण्टे आदेश दिएको थियो । त्यस पछि अमेरीकी दुतावासका कर्मचारीले छाड्ने क्रम शुरु भएको छ । यस दुतावासको बाहिर ठूलो संख्यामा चीनीया प्रहरीहरु तैनाथ भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ