भारतीय सीमा नजिक पाकिस्तानले तैनाथ गर्यो जे एफ १७ लडाकु विमान

भारतीय सीमा नजिक पाकिस्तानले तैनाथ गर्यो जे एफ १७ लडाकु विमान

  • शनिबार, साउन १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.2K
    SHARES

एजेन्सी साउन १० । चीन र भारतबीच लद्धाख तनाव पूर्ण रुपले साम्य भईनसकेको अवस्थामा र भारतले रुस, अमेरीका, फ्रान्सबाट अत्याधुनिक लडाकु विमान खरीद धमाधम गर्न थालेका बेला पाकिस्तानले पनि लद्धाख नजिकको स्कुर्द सैन्य हवाई अड्डामा अत्याधुनिक लडाकु विमान जे एफ १७ तैनाथ गरेको छ ।
आज गिलगिट बातिस्तानमा रहेको सो एयरबेसको अवलोकन गर्दै अप्रेसनको तयारी र अवस्थाको बारेमा हवाई सेना प्रमुख मार्सल मुजाहिद अनवर खानले जानकारी लिएका छन् ।
यस हवाई अड्डाबाट पाकिस्तानी वायुसेना केवल ५ मिनेटमा भारतीय क्षेत्रमा प्रवेश गर्न सक्छ । यो भारतले लद्धाख नजिक युद्धका लागि तयारी गरेको लेह सैन्य हवाई अड्डा भन्दा केवल २ सय किलो मिटर नजिक रहेको छ ।
स्कुर्दमा पाकिस्तानी सेनाले भूमिगत रिफ्युल स्टेसन पनि बनाएको पिटिभीले जनाएको छ ।
जे एफ १७ चीन र पाकिस्तानले सयुक्त रुपमा उत्पादन गरेको अत्याधुनिक लडाकु विमान हो ।
भारतले सीमा क्षेत्रमा हतियार र सेना तथा हवाई अखडालाई तम्तयार अवस्थामा राखेको छ ।
चीनीया सेना र भारतीय सेनाबीच जुन १५ मा हतियार बिहीन तर रक्तपातपूर्ण झडप पछि भारतले सीमामा उच्च तैनाथी गरेको हो ।
यद्यपि, पटक पटकको वार्ता पछि दुबै देशले आफ्ना सेनाहरु केही पछि हटाउन शुरु गरेका छन् ।
पाकिस्तानसगँ भने भारतको कास्मीर मामलामा विवाद रहदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ