एजेन्सी साउन १० । रुसले १५ जुलाईमा अन्तरीक्षणमा पठाईएको स्याटेलाईटसगँ कुनै पनि हतियार नपठाईएको स्पष्ट गरेको छ । बेलायत र अमेरीकाले रुसले स्याटेलाईटसगँ कुनै हतियार जस्तो चीज प्रक्षेपण गरेको भन्दै चिन्ता जनाएको थियो ।
रुसी रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा बेलायत र अमेरीकाले तथ्यलाई तोड मरोड गरेको आरोप लगाईएको छ ।
रुसले अन्तरीक्षमा आफ्नो साज समानको सुरक्षामा नयाँ प्रविधिको प्रयोग गरेको भन्दै यो कुनै अन्तराष्ट्रिय कानुनको उलंघन या अरुको स्याटेलाईटलाई नोक्सानी पुर्याउने खालको नभएको पनि दावी गरेको छ ।
अन्तराष्ट्रिय विज्ञमरुले अब अन्तरीक्षमा हतियारको नयाँ प्रतिस्पर्धा र युद्धको खतराबारे औल्याउन शुरु गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline