चीनको काउन्टर : छेङदुमा रहेको अमेरीकी महावाणिज्य दुतावास बन्द गर्न आदेश

चीनको काउन्टर : छेङदुमा रहेको अमेरीकी महावाणिज्य दुतावास बन्द गर्न आदेश

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

एजेन्सी साउन ९ । अमेरीकाले ह्युस्टनमा रहेको चीनीया महावाणिज्य दुतावास बन्द गर्न आदेश दिएको र्दु दिन पछि चीनले पनि प्रत्युत्तरमा चीनको तिव्वत स्वासित क्षेत्र छेङदुमा रहेको महावाणिज्य दुतावास वन्द गर्न आदेश दिएको छ ।
चीनको विदेश मन्त्रालयले आज उक्त आदेश दिएको जनाएको छ ।
चीनीया विदेशमन्त्रालयले आज अमेरीकी महावाणिज्य दुतावासलाई उक्त आदेश दिदै यस तनावका लागि अमेरीका जिम्मेवार रहेको जनाएको छ ।
सो महावाणिज्य दुतावासले तिव्वत मामलामा दख्खल दिने कार्यमा भुमिका खेलेको हुन सक्ने चीनीया अधिकारीको टिप्पणी छ ।
ह्युष्टनमा रहेको महावाणिज्य दुतावास चीनीया जासुसहरुको अखडा भएको अमेरीकाको आरोप छ ।
अमेरीकाले थप अरु महावाणिज्य दुतावासहरु बन्द गर्न सक्ने चेतावनी दिएको छ ।
दुबै देशबीच नयाँ शीतयुद्ध तर्फ तनाव अघि बढेको विष्लेषण गर्न थालिएको छ ।

चीनको बेइजिङमा संयुक्तराज्य अमेरिकाको राजदूतावास कार्यालय रहेको छ । साथै चीनको मुख्य भूभागमा अरु पाँच वटा र हङकङमा एउटा वाणिज्यदूतावास कार्यालय रहेका छन् ।
चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय सन् १९८५ मा स्थापना गरिएको थियो । यहाँ करिब २०० जना कर्मचारी रहेका छन् ।

चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावासको कार्यालय विगतदेखि नै विवादको घेरामा रहँदै आएको छ । अमेरिकी गुप्तचर विश्लेषक एडवार्ड स्नोडेनले सन् २०१३ मा सार्वजनिक गरेको एउटा विवरणमा चेङ्दु कार्यालयमा जासुसी उपकरणहरु जडान गरिएको बताएका थिए ।

यही वाणिज्यदूतावासमा सन् २०१२ मा चोङकिङ नगरका तत्कालीन प्रमुख वाङ लिजुनले शरण लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ