अमेरीकाद्धारा तीन जना चीनीया नागरिक पक्राउ, दुबैदेशबीच तनाव थप बढ्दै

अमेरीकाद्धारा तीन जना चीनीया नागरिक पक्राउ, दुबैदेशबीच तनाव थप बढ्दै

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी साउन ९ । चीन र अमेरीकाबीच तनाव बढीरहेका बेला अमेरीकी प्रशासनले तीन जना चीनीया नागरिक पक्राउ गरेको छ । भिसा गडबढीको आरोप लगाएर पक्राउ गरिएको अमेरीकाको दाबी छ ।
यस्तै वाणिज्य दुतावासका एक कर्मचारीलाई समेत पक्राउ गर्ने तयारी गरीरेको बिबिसीले जनाएको छ ।
गिराफ्तार गरिएकाहरुले चीनीया जनमुक्ति सेनाका लागि जासुसी गरेको आरोप लगाईएको छ ।
एक दिन अघि मात्रै अमेरीकाले आकस्मिक रुपमा ७२ घण्टा भित्र ह्युस्टनमा रहेको चीनीया महावाणिज्य दुतावास बन्द गर्न आदेश दिएको अमेरीकाले यो कदम चालेको हो ।
अमेरीकी अधिकारीहरुले त्याहाँको खुल्ला समाज र शिक्षण संस्थाको फाईदा उठाएको भन्दै उनीहरुलाई पक्राउ गरेका हुन् ।
कोरोना, हंगकंग, ताईवान, दक्षिणी चीनीया सागरमा बढ्दो तनाबका बीच अमेरीकाले यो कदम उठाएको छ ।
यसको बदलामा चीनले पनि हंगकंग सहित अन्य कुनै पनि ईलाकामा रहेका अमेरीकी महावाणिज्य दुतावास बन्द गर्ने बिषयमा तयारी गरेको बताईएको छ । यद्यपि, चीनले घोषित रुपमा उचित जवाफ दिने मात्र बताएको छ ।
चीनीया नागरिकमाथि अमेरीकाले कम्युनिष्ट पार्टीको योजनामा काम गरेको आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ