एजेन्सी साउन ८ । चीनले पहिलो पटक मंगलग्रहमा ऐतिहासिक अन्तरीक्ष यान तियानमेन- १ पठाएको छ । यो यान हाईनानबाट आज पठाईएको हो ।
यदी यो अन्तरीक्ष यान प्रक्षेपण सफल भएमा मानव ईतिहासमा पहिलो पटक मंगलग्रहमा बरफ भए नभएको पत्ता लगाउने छ ।
हेवी रकेट मार्च ५ वाई ४ मार्फत यो यान पठाईएको छ । यसले मानवजातिका लागि अन्तरीक्ष खोजको नयाँ युग भएको चीनीया अधिकारीहरुले प्रतिकृया दिएका छन् ।
उडेको २ हजार सेकेण्ड पछि यो यान पृथ्वी मंगलग्रहको कक्षमा प्रवेश गरेको चीनको नेस्नल स्पेस एडमिनिस्ट्रेसनले जनाएको छ ।
त्याहाँबाट त्यो यान अहिले मंगलग्रहका लागि उडिरहेको बताईएको छ । यो यान करीब ७ महिनाको यात्रा पछि सन् २०२१ फेब्रुअरीमा यो यान मंगलग्रहमा पुग्ने छ र एक रोबर त्याहाँ उतारिने छ । गुरुत्वाकर्षण क्षेत्रमा ल्याण्ड गरिने रोवरले मंगलग्रहमा रहेको बर्फको बारेमा अध्ययन गर्नेछ । साथै यसले मंगलग्रहको संरचना, सतहको स्थिति, जलवायु र पर्यावरण आदिको अध्ययन गर्ने छ ।
यदी यो मिसन पुरा भएमा मानव जातिको ईतिहासमा पहिलो पटक मंगल ग्रहको कक्षमा चक्कर लगाउने, ल्याण्डिगं गर्ने यो अभियान हो । चीनले यो रकेटको तीन पटक सफल परीक्षण गरेको थियो ।
चीनले सन् २०११ मा पनि मंगलग्रहका लागि एक यानको प्रक्षेपण गरेको थियो । त्यस बेला रुसको पनि सहयोग चीनले लिएको थियो । त्यतिबेला यान असफल भएको थियो ।