यो कोरोना भाईरस खासमा ट्रम्प भाईरस हो, सभामुख पेलेसीले उठाईन राष्ट्रपतिविरुद्ध गंभीर प्रश्न

यो कोरोना भाईरस खासमा ट्रम्प भाईरस हो, सभामुख पेलेसीले उठाईन राष्ट्रपतिविरुद्ध गंभीर प्रश्न

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

साउन ७ एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सचिव तथा प्रशासनिक अधिकारीहरुले कोरोना भाईरसलाई चीनीया भाईरस, वुहान भाईरस भन्दै बताईरहेका बेला अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीले यो ट्रम्प भाईरस भएको भन्दै गंभीर प्रश्न उठाएकी छन् ।
सिएनएनसगँको कुराकानीमा सभामुख पेलोसीले अमेरीकामा कोरोना महामारी नियन्त्रण सही ढंगले नगरेको भन्दै ट्रम्पको आलोचना गर्ने क्रममा यस्तो टिप्पणी गरेकी हुन् ।
ट्रम्पले मास्क लगाउने आफू मात्रै सच्चा राष्ट्रवादी भएको भन्दै कोरोनाले सुधार हुनु अघि अझ खराब स्थिति ल्याउने बताएको भोलीपल्ट पेलोसीको यो टिप्पणी आएको हो ।
राष्ट्रपतिको आजको कुरा सुन्दा लाग्छ उनले गल्ती स्वीकार गरेका छन्, यो सुधार हुनु अघि खराब किन भयो भने यसबारेमा कुनै कदम चालिएन , पेलोसीले भनिन् ।

महामारी कुनै अफ्वाह नभएको भन्दै उनले थपिन्, यो स्पष्ट रुपमा ट्रम्प भाईरस् हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ