साउन ६ एजेन्सी । युरोपेली संघका नेताहरु कोरोनाले प्रभावित अर्थतन्त्र पुनर्जीवीत गर्न ७ सय ५० अर्ब डलरको राहत प्याकेजका लागि सहमत भएका छन् । यो पैसाबाट अति प्रभावित देशहरुलाई अनुदान र रिण प्रदान गरिने छ ।
लामो बहस पछि २७ देश सम्मिलित युरोपेली संघ सहमतिमा पुगेको हो ।
सम्मेलनका अध्यक्ष चाल्र्स मिसलले सहमति भएको बताए । यसले साझा भविष्यप्रति साझा जिम्मेवारी देखिएको बताए ।
बिबिसीका अनुसार सम्झौतामा ३९० अर्ब डलर महामारीबाट अति प्रभावित देशलाई दिईने छ ।
साथै युरोपेली संघको आउदो बर्षको बजेट पनि एक खर्ब एक अर्बको हुने सहमति बनेको छ ।
फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोले यो सहमति भएको दिन युरोपका लागि ऐतिहासिक भएको प्रतिकृया दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline