काठमाडौँ, ५ साउन । साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको साउदी दरबारले सोमबार जनाएको छ। स्रोतका अनुसारउहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरेको जनाइएको छ ।
दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।
उहाँ सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा हुनुहुन्छ । उहाँ आफ्नो पुस्ताको अन्तिम राजा हुनुहुन्छ । कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक हुनुभएको थिएन ।
राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुनुहुन्छ । जनताहरुले उहाँलाई नै भावी राजा मानेका छन् किनभने मोहम्मद बिन सलमानमा राम्रो नेतृत्व क्षमता रहेको मानिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline