कोरोनाबाट अमेरीकाको मृत्यु दर सबै भन्दा कम छः ट्रम्प

कोरोनाबाट अमेरीकाको मृत्यु दर सबै भन्दा कम छः ट्रम्प

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी साउन ५ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना नियन्त्रण सम्बन्धि आफ्ना नीतिहरुको बचाउ गर्दै कोरोनाका कारण भईरहेको मृत्यु दर अमेरीकामा सबै भन्दा कम रहेको दाबी गरेका छन् ।
फक्स न्युजलाई दिएको अन्तवार्तामा ट्रम्पले देशमा संक्रमितको संख्या अधिक देखिनुको कारण धेरै परीक्षण गरिएकाले भन्दै मृत्यु दरका हिशाबले अमेरीका सातौ स्थानमा रहेको बताए ।
अमेरीकामा कोरोनाका कारण एक लाख ४० हजार बढीको मृत्यु भएको जोन हप्किन्स विश्व विद्यालयको तथ्याकं पनि ट्रम्पले खारेज गरिदिएका छन् ।
अमेरीकामा ३८ लाख बढी कोरोना संक्रमितको संख्या रहेको छ । कोरोना नियन्त्रण सम्बन्धि नीतिलाई लिएर ट्रम्प पटक पटक विवाद र आलोचना खेप्दै आएका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले आगामी नोभमेम्बरमा हुने निर्वाचनमा आफू यदी पराजीत भएमा स्वीकार गर्ने या नगर्ने भनेर सार्वजनिक प्रतिवद्धता जनाउन अस्वीकार गरेका छन् । उनले विपक्षी उम्मेद्धार जोई विदेन विभिन्न सर्वेक्षणमा अघि देखिएको कुरालाई अस्वीकार गर्दै आफूले परिणाम स्वीकार गर्ने प्रतिवद्धता दिन अस्वीकार गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ