भारतले सीमा सुरक्षाफौजका ९० हजार जवानलाई चीनीया भाषा सिकाउने, कारण यस्तो छ

भारतले सीमा सुरक्षाफौजका ९० हजार जवानलाई चीनीया भाषा सिकाउने, कारण यस्तो छ

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

एजेन्सी साउन ४ । जुन १५ मा लद्धाखको गलवान घाँटीमा हतियार विनीन तर रक्तपातपुर्ण झडप पछि भारतले चीन बिरुद्ध सबै खालमा कदम चालिरहेको छ । अहिले दुबै देशले सीमा वार्ता पछि विवादीत क्षेत्रबाट डेढ किलो मिटर पछि हटेका छन् दुबै देशका सेना । त्यस झडपमा २० भारतीय सेनाको मृत्यु भएके थियो भने चीनीया पक्षको क्षतिको विवरण खुलेको छैन ।
त्यस झडप पछि दुबै देशले सीमा क्षेत्रमा आफ्ना सेना, लडाकु विमान , क्षेप्यास्त्र तैनाथ गरेका छन् । यसका बाबजुद पनि दुबै देशबीत तत्काल बिशाल युद्धको संभावना नरहेको विज्ञहरु बताउछन् ।
यस्तोमा अब भारतले चीनसगँको सीमा क्षेत्रमा खटिने सुरक्षा फौजका ९० हजार जवानलाई भारतले चीनीया भाषा प्रशिक्षण दिने तयारी गरेको छ ।
भारतीय मिडियाहरुका अनुसार चीनीयासगँ सीमा क्षेत्रमा संवाद गर्दा भाषाकै कारण कुरा बुझाउन अप्ठेरो पर्ने भएकाले अब भाषा सिकाएर उनीहरुको भाषामा संवाद गर्न सजिलो भनेर यो प्रशिक्षणको व्यवस्था गर्न लागेको हो ।
ईन्डो तिव्वतियन बोर्डर पुलिस फोर्सले सीमामा खटिने जवानहरुलाई उत्कृष्ट मन्दारीन भाषा सिकाउने र चीनसगँ राम्रोसगँ संवाद हुन सक्ने बताएको छ ।
यसका लागि मसुरी एकेडेमीले तयारी गरीरहेको छ ।
अहिले सम्म विवादीत क्षेत्रमा वार्ता हुदाँ या चीनीया सेनालाई पछाडी फर्कन संकेत गर्दा भारतीय सुरक्षा फौजले रातो रंगको पोष्टर लेखेर टास्ने गरेका छन् ।
अहिले सम्म सीमामा भारतीय सेनालाई चीनीया भाषामा नि हाओ ( नमस्कार ) र हु उ ( फिर्ता जाउ ) भन्न मात्रै सिकाईदै आएको थियो ।
चीनीया मन्दारीन भाषा विश्वमा सबै भन्दा धेरै जनसंख्याले बोल्ने भाषा हो । त्यस पछि स्पेनिस भाषा बोलिन्छ भने तेस्रोमा अँग्रेजी भाषा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ