भारतमा कपाल मुण्डन गरिएको भिडियोमा देखिएका व्याक्ति नेपाली नभएको पुष्टि, काे हुन् ती युवा ?

भारतमा कपाल मुण्डन गरिएको भिडियोमा देखिएका व्याक्ति नेपाली नभएको पुष्टि, काे हुन् ती युवा ?

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

३ साउन, काठमाडौं । भारतको बनारसमा विश्व हिन्दु सेनाले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नारा लगाउन लगाउदै एक व्यात्तिको कपाल मुण्डन गरेको भिडियो एकाएक सामाजिक सन्जालमा भाईरल भयो । ती व्याक्ति नेपाली भएको भनेर सामाजीक सन्जालमा प्रचार भयो तर केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ ।
बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेका थिए ।
अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो । केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो ।
उक्त भिडियो सामाजीक सन्जालमा भाइरल हुनुका साथै चौतर्फि बिरोध सुरु भएपछि भिडियो फुटेजकै आधारमा प्रहरीले ६ जना मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।
नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गनुभएके थियो । त्यसक्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारवाही गर्ने बताउनुभएको थियो ।
त्यसलगत्तै भारतीय प्रहरीले पिडित भनिएका व्याक्तिको खोजी तिब्र पार्यो । सोहि क्रममा शनिबार बाराणसी प्रहरीले उनलाई भेटाएको छ । र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ ।
घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको भन्दै उसले भनेको छ, ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन् ।’
उनले भिडियो बनाए पावत उनले पैसा लिएको प्रहरीले बताएको छ ।

हालै राजशेखर झा नामको स्थानीयको ट्वीटरमा लेखिए अनुसार ती व्यक्ति नेपाली नभएर भारतीय धर्मेन्द्र सिंह हुन् । जसलाई पाँच जनाको समूहले एक हजार रुपैयाँ दिएर त्यस्तो काम गर्न लगाएका थिए । घटनापछि संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको र एक जना फरार रहेको छन् ।
बीबीसीका अनुसार उत्तर प्रदेशस्थित वाराणसी प्रहरीका एसपी अमित पाठकले उक्त घटनाको भिडिओ खिची सामाजिक सञ्जालमा फैलाएको आरोपमा पक्राउ परेकालाई अदालत पेश गरिँदैछ । एक जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।
भिडिओमा देखिने व्यक्तिको पूर्ण पहिचान भने अझै खुलिसकेको छैन । उनी नेपाली मूलको भारतीय भएको दावी पनि सामाजिक सञ्जालमा गरिएका छन् । स्थानीय मिडियाका अनुसार ती व्यक्तिलाई पैसा दिएर त्यस्तो काम गराएको थियो ।
यद्यपि ती व्यक्ति नेपाली हुन् कि हैनन् भनी पहिचान गर्ने काममा स्थानीय नेपाली समुदायका अगुवाहरु पनि लागिपरेको बताइएको छ । कतिपयले उनलाई अवकाशप्राप्त गोर्खा सैनिक भएको दावी गरेका छन् । केहिले भने ती नेपाली मूलको भारतीय  भएको अनुमान गरेका छन् ।
प्रहरीले घटनामा संलग्नहरुलाई कडा कारवाही गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी