साउन ३ नयाँदिल्ली । नेपाल सहितका छिमेकी मुुलुकसँग मोदी सरकारले असल सम्बन्ध राख्न नसकेको भन्दै काँग्रेस आईका नेता राहुल गान्धीले आलोचना गरेका छन् ।
गान्धीले ट्वीट गर्दै नेपाल पहिले भारतको घनिष्ट मित्र भएको तर, अहिले मोदी सरकारका कारण नेपाल र नेपाली जनता भारतसँग रिसाएको बताएका छन् ।
राहुल गान्धीले ट्विटमार्फत् जारी गरिएको एक भिडियो सन्देशमा नरेन्द्र मोदी नेतृत्वको सरकार नेपाललगायत छिमेकीहरुसँग असल सम्बन्ध राख्न असफल भएको दाबी पनि गरे ।
मोदी सरकारको पालामा यी सबै क्षेत्र संकटग्रस्त देखिएका छन्’ गान्धीले टिप्पणी गरेका छन् । त्यसैगरी पाकिस्तानबाहेकका सबै छिमेकीहरुसँग भारतको पहिले घनिष्ट सम्बन्ध रहेको तर मोदी सरकारको कार्यकालमा त्यो सम्बन्ध क्षतिग्रस्त बनेको गान्धीको भनाइ थियो ।
तर, विदेशमन्त्री जयंशकरले गान्धीका सबैजसो आरोपको खण्डन गर्दै भारतबाट १७ वर्षमा पहिलो पटक प्रधानमन्त्रीको भ्रमण भएको र जनस्तरको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखिएको दाबी गरेका छन् ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गर्दै भारतले मानसरोबर जोड्ने सडक सडक नै खने पछि नेपाल र भारतबीत सम्बन्ध तनावपूर्ण रहेको छ । भारतले नेपालले समेत नक्सा जारी गरे पछि वार्ता गर्न आलटाल गर्दै आईरहेको छ ।