मोदी सरकारले जेलमा हालेका ८० बर्षे साहित्यकार राओलाई कोरोना, स्वास्थ्य अवस्था गंभीर बन्दै

मोदी सरकारले जेलमा हालेका ८० बर्षे साहित्यकार राओलाई कोरोना, स्वास्थ्य अवस्था गंभीर बन्दै

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी साउन ३ । मोदी सरकारले माओवादीसगँ सम्बद्ध रहेको आरोपमा जेल हालेका ८० बर्षे बृद्ध कवि बारबरा राओलाई कोरोना पोजेटिभ देखिएको छ । उनलाई जेलमै कोरोना परीक्षण गर्दा संक्रमण देखिएको थियो ।
त्यस पछि उपचारमा सरकारले वेवास्ता गरेको परिवारजनले बताए पछि भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिशेष सुविधा सहितको उपचारका लागि निर्देशन दिएको छ ।
उनलाई सन् २०१८ मा जातिय हिंशाको आरोपमा जेलमा हालिएको छ । प्रगतिशील वामपन्थी लेखक, साहित्यकारहरुले उनको रिहाईको लागि दबाब दिदै आएका छन् ।

राओले राज्यले लगाएको यस आरोप अस्वीकार गरेका छन् । उनको स्वास्थ्यलाई लिएर अन्तराष्ट्रिय क्षेत्रबाट पनि चासो व्यक्त भएको छ ।
सयुक्त राष्ट्रसंघका लागि स्पेसियल र्यापोटर फर ह्युमन राईट डिफेन्सका मेरी ललोरले ट्वीटर मार्फत ध्यानाकर्षण भएको बताएका थिए ।
उनको उपचारमा गंभीर लापरबाही भएको, उपचार प्रभावकारी नहुँदा हालत खराब भएको पारीवारीक स्रोतले बताएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार राओले आफ्नै श्रीमतिलाई समेत चिन्न सकेका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ