अर्बपति बिलगेट् सहितको ट्वीटर ह्याक, एक हजार डलर पठाउनुस्, दुई हजार डलर फर्काउछु भन्दै लेखियो यस्तो

अर्बपति बिलगेट् सहितको ट्वीटर ह्याक, एक हजार डलर पठाउनुस्, दुई हजार डलर फर्काउछु भन्दै लेखियो यस्तो

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी साउन १ । विश्वका अर्बपति विलगेट् लगायतकाको ट्वीटर एकाउण्ट ह्याक भएको छ । विलगेट्सको एकाउण्ट ह्याकरले बिट कोईनमा चन्दा मागेका छन् ।

त्यसमा लेखिएको छ , जो कोहीले मलाई समाजमा वापस ल्याउन भनिरहेका छन्, अब त्यो समय आयो, तपाई मलाई एक हजार डलर पठाउनुस् म तपाईलाई दुई हजार डलर पठाउछु ।
त्यस्तै टेस्लाका प्रमुख एलन मास्कको एकाउन्टबाट अबको एक घण्टामा बिटकोईनमा पठाएको रकमको दुई गुणा बढाएर फिर्ता गर्ने छु भनेर लेखिएको छ ।
तर यी पोष्टहरु भएको केही मिनेटमै डिलिट गरिएको थियो ।

अमेमरीकाका रैपर कानये वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेद्धार जो बाइडेन सहित उबर, एप्पल जस्ता कम्पनीको एकाण्ट समेत ह्याक गरिएको थियो ।
ट्वीटर फलोअरहरुले केही सेकेण्डमै लाखौँ डलर पठाएका थिए ।
यसैबीच ट्वीटरले एकाउण्डको सुरक्षालाई लिएर जाँच भईरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ