बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको हाराहारीमा, ५४.३१ निको भए

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको हाराहारीमा, ५४.३१ निको भए

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

३० ,असार । बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको नजिक पुगेको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् ।पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप तीन हजार १६३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसीमा सुल्तानाले ढाकामा मङ्गलबार नियमित पत्रकार भेटमा भन्नुभयो, “देशभरी गत २४ घण्टामा तीन हजार १६३ जना सङ्क्रमित बनेका र ३३ सङ्क्रमितको मृत्यु भएकोे छ ।” विगत २४ घण्टाभित्र निको भई घर फर्किनेको सङ्ख्या चार हजार ९१० रहेको र अहिलेसम्म कूल सङ्क्रमितमध्ये एक लाख तीन हजार २२७ जना निको भई घर फर्किएका उहाँले बताउनुभयो । यसरी हेर्दा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या ५४।३१ प्रतिशत रहेको छ ।

उहाँले भन्नुभयो, “मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ९० हजार ५७ रहेको छ भने मृत्यु सङ्ख्या दुई हजार ४२४ रहेको छ ।”

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीको मृत्युदर १.२८ प्रतिशत रहेको उहाँले बताउनुभयो । बङ्गलादेशमा विगत २४ घण्टामा शङ्कास्पद १३ हजार ४५३ नमूना परीक्षण गरिएको थियो ।

अहिलेसम्मको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या जुलाई २ मा चार हजार १९ रहेको र सबैभन्दा बढी मृत्यु सङ्ख्या जुन ३० मा ६४ व्यक्ति रहेको सुल्तानाले पुष्टि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ