उत्तरपूर्वी टर्कीमा आएको बाढीले दुईको मृत्यु

उत्तरपूर्वी टर्कीमा आएको बाढीले दुईको मृत्यु

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

३० असार । टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।

भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताउनु भएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको थियो । यस बाढीको कारण कैयौ सडक र पुलहरु भत्किनुको साथै सवारी साधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ