एजेन्सी असार ३० । मध्यपूर्वको शक्तिशाली मुलुक ईरानले भारतलाई चाबहार रेल परियोजनाबाट हटाएको छ । ईरानले उक्त योजना आफैले निर्माण गनेृ भन्दै भारतलाई हटाईदिएको हो ।
पछिल्लो समय ईरानमा चीनले करीब ४ सय अर्ब डलरको बिशाल परियोजना सम्झौता गर्न लागेको, भारतले अमेरीकी दबाबमा ईरानबाट तेल आयात लगभग बन्द गरे पछि ईरानले यस्तो निर्णय गरेको हुन सक्ने अनुमान गरिएको छ ।
यसले भारतलाई कुटनीतिक रुपमा ठूलो झड्का लागेको छ । चाहबार रेल परियोजना सम्झौता भएको ४ बर्ष वित्दा समेत भारतले पैसा नदिएका कारण यो परियोजना भारतको हातबाट झिकेको ईरानी अधिकारीहरुले जनाएका छन् ।
६ सय २८ किलो मिटर लामो यस परियोजनाबाट भारतलाई अफ्गानिस्तानसम्मका लागि सहज हुने थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ईरान भ्रमणका क्रममा सन् २०१६ मा उक्त सम्झौता भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline