देशहरुले सरक्षित कदम नचाले कोरोनाले खराब भन्दा खराब स्थिति ल्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

देशहरुले सरक्षित कदम नचाले कोरोनाले खराब भन्दा खराब स्थिति ल्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

असार ३० एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाईरस नियन्त्रण सम्बन्धमा देशहरुले गलत दिशा निर्देश गरीरहेको भन्दै सही कदम चाल्न नसके यसले खराब भन्दा खराब स्थिति निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियसिसले धेरै देशहरुले सही दिशा निर्देश गर्न नसकेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
सुरक्षाका निर्धारीत मापदण्डहरु पूरा नगरेका अधिकाश क्षेत्रमा यो संक्रमण बढी देखिएको उनले बताए ।
उनले नेताहरुको मिश्रित सन्देशहरुले यो भाईरस नियन्त्रणमा लिन अप्ठेरो परेको पनि बताए ।
उनले भने अहिलेको जनताको सबै भन्दा ठूलो शत्रु कोरोना भाईरस हो, तर धेरै नेता र सरकारहरुले यसलाई व्यवहारमा त्यसरी प्रतिविम्वित गर्न नसकेको टेड्रोसले बताए ।
सामाजिक दुरी, हात धुने, मास्क लगाउने जस्ता कार्यहरु अनिवार्य रुपमा गर्नु पर्ने पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ