चीनको अमेरीकालाई काउन्टरः केही अमेरीकी संस्था र अधिकारीमाथि प्रतिवन्ध

चीनको अमेरीकालाई काउन्टरः केही अमेरीकी संस्था र अधिकारीमाथि प्रतिवन्ध

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी असार २९ । अमेरीकाले हंगंकगं र तिव्वत एवं सिन्जियागं मुद्धालाई उठाउदै चीनीया अधिकारीमाथि लगाएको प्रतिवन्धको काउन्टरमा चीनले पनि अमेरीकी अधिकारीहरुमाथि प्रतिवन्ध लगाएको छ ।
चीनीया विदेशमन्त्रालयका प्रवक्ता हुवा चान्यिगंले आज नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै अमेरीकाका सिनेटर मार्को रुबियो,टेड क्रुज, क्रिस स्मिथ र सैन ब्राउनबकमाथि प्रतिवन्ध लागेको जनाएकी छन् । ब्राउनबक ट्रम्प प्रशासनको अन्तराष्ट्रिय धार्मिक स्वतन्त्रता समितिका राजदुत हुन् ।
यसै गरी चीनका लागि गठित संसदीय कार्यसमितिमाथि पनि चीनले प्रतिवन्धको घोषणा गरेको छ ।
यो प्रतिवन्ध आजैबाट लागू हुने पनि प्रवक्ता हुवाले बताईन् ।
उनले चीनको आन्तरीक मामलामा अमेरीकाले हस्तक्षेप गरेको र यसले दुई देशको सम्बन्धमा नोक्सान पुर्याएको भन्दै पछिल्लो स्थितिका लागि अमेरीका जिम्मेवार रहेको समेत बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ