पक्राउ गरेकाे भाेलिपल्टै इन्काउन्टरमा मारिए भारतीय ग्याङ स्टार विकास दुबे

पक्राउ गरेकाे भाेलिपल्टै इन्काउन्टरमा मारिए भारतीय ग्याङ स्टार विकास दुबे

  • शुक्रबार, असार २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

एजेन्सी, २६ असार ।  भारतकाे कानपुरमा केहि दिन अघि डिएसपि सहित ८ जना प्रहरीकाे गाेली हानेर हत्या गर्ने याेजनाकार भनिएका ग्याङ स्टार विकास दुबेलाई प्रहरीले इन्काउन्टरमा शुक्रवार बिहानै मारेकाे छ ।  बिहिवार मध्यप्रदेशकाे महाकाल मन्दिरबाट पक्राउ गरिएका उनलाइ प्रहरी कस्टडिमा राखिएकाे थियाे । आज कानपुर लैजाने क्रममा एसटिएफकाे गाडि पल्टिएपछि घाइते भएका दुबेले प्रहरीकाे हतियार खाेसेर भाग्न खाेजेकाे आरोपमा  प्रहरीले गाेली हानेर मारेकाे भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

गाडि दुर्घटना हुँदा दुबेकाे टाउँकाेमा चाेट लागेकाे बताइएकाे छ । घाइते अवस्थामा नै हतियार खाेसेर भाग्न खाेजेकाे भन्दै प्रहरीले फायरिङ गरेकाे थियाे । त्यसपछि प्रहरीले अस्पताल लगेकाे पनि बताएकाे थियाे तर अस्पताल पुग्नु अगावै दुबेकेा मृत्यु भइसकेकेा भारतीय मिडियाले लेखेका छन् ।

उनलाइ यसअघि नै प्रहरीले पटक पटक इन्काउन्टर गर्न खाेजेकेा बताइन्छ । दुबेलाइ इन्काउन्टर गर्ने नाममा अन्य पाँच जना साथीहरूलाइ इन्काउन्टर गरिसकेकाे र केहिलाइ पक्राउ गरिएकाे बताइएकाे छ ।

उनीबिरूद्व ६५ ओट मुद्वा दायर गरिएकाे छ ।

सार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए।  हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ