अमेरीकाको भिसा नीतिका कारण २० हजार नेपाली विद्यार्थी प्रभावित हुने, हस्ताक्षर अभियान चल्दै

अमेरीकाको भिसा नीतिका कारण २० हजार नेपाली विद्यार्थी प्रभावित हुने, हस्ताक्षर अभियान चल्दै

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी असार २४ । अमेरीकाले भर्खरै लागू गरेको अनलाईन कक्षा मात्र लिईरहेका बिद्यार्थीलाई आफ्नै देश फर्कनु पर्ने नीतिका कारण करीब २० हजार नेपाली विद्यार्थी प्रभावित हुने भएका छन् । यो नीति सोमबारबाट लागू गरिएको हो ।
यस नीतिका कारण लाखौँ विद्यार्थीको भविष्य जोखिममा पर्ने चिन्ता बढेको छ ।
मंहगो शुल्क तिरेर पढ्न पुगेका हजारौ नेपाली विद्यार्थी सहित अन्य देशका विद्यार्थीहरुले यो नीति परिवर्तनका लागि हस्ताक्षर अभियान सञ्चालन शुरु गरेको न्यूयोर्कबाट एनआरएनएका सल्लाहकार सञ्जय थापाले जानकारी दिए ।
अमेरीकामा चीनबाट ३ लाख ७० हजार, भारतबाट २ लाख ११ हजार र अन्य मुलुकबाट समेत गरी १० लाख बढी विदेशी विद्यार्थी रहेको सिएनएनले जनाएको छ ।
धेरै बिद्यार्थीको आधा पढाई भएको सन्दर्भमा अमेरीकामा बस्न नपाउने भए पछि उनीहरु अप्ठ्यारोमा परेका छन् ।
अमेरीकी प्रशासनमाथि विद्यार्थीहरुले पढ्न पाउनुु पर्छ भनेर दबाब बढ्न थालेको छ ।
यसैबीच थापाका अनुसार अन्य अग्रेजी भाषा लगायत विभिन्न कक्षाहरु लिएर भिसा जोगाउने उपाय त खोज्न सकिने विद्यार्थीहरुका लागि तर पढाई प्रभावित हुने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी