एजेन्सी असार २४ । अमेरीकी राष्ट्रपतिका डेमोक्रयाट उम्मेद्धार जोई विदेनले अब आफू राष्ट्रपतिमा निर्वाचित बनेमा अमेरीकालाई फेरी पनि विश्व स्वास्थ्य संगठनको सदस्य बनाउने बताएका छन् ।
ट्रम्पले औपचारीक रुपमा विश्व स्वास्थ्य संगठनबाट अमेरीकालाई मुक्त गरे पछि विदेनको यो प्रतिकृया आएको हो ।
विदेनले ट्वीट गर्दै आफू राष्ट्रपतिको कुर्सीमा पुगेको दिन नै अमेरीकालाई विश्व स्वास्थ्य संगठनमा सामेल गराउने र विश्वमा अमेरीकाको नेतृत्व पुनर्वहाली गराउने बताए ।
उनले विश्व स्वास्थ्य प्रणाली अमेरीकाले मजबुत पारेमा मात्रै अमेरीकी नागरिक पनि सुरक्षित रहने बताए ।
ट्रम्प प्रशासनले मंगलबारबाट औपचारीक रुपमा अमेरीकालाई विश्व स्वास्थ्य संगठनबाट अलग्याएका छन् । यसको बिपक्षीहरुले आलोचना गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline