हावाबाट कोरोना सर्ने प्रमाण विश्व स्वास्थ्य संगठनद्धारा स्वीकार

हावाबाट कोरोना सर्ने प्रमाण विश्व स्वास्थ्य संगठनद्धारा स्वीकार

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी असार २४ । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस हावाबाट सर्ने कुरा प्रमाणित भएको स्वीकार गरेको छ ।
यस अघि विश्वका २ सय बढी बैज्ञानिकले पत्र लेखेर विश्व स्वास्थ्य संगठनलाई हावाबाट कोरोना सर्छ भन्ने तर्क पेश गरेका थिए । साथै उनीहरुले गाईडलाईनमा सुधार गर्नु पर्नेमा जोड दिएका थिए ।
डब्लुएचओकी कोरोना महामारी सम्बन्धि टेक्निकल निर्देशक डा. मारियाले आफूहरुले हावाको माध्यमबाट कोरोना भाईरसको संक्रमण फैलने बिषयमा कुरा गरीरहेको बताएकी छन् ।
संगठनका बेनेदेत्ता अल्लेग्रान्जीले हावाबाट कोरोना सर्ने प्रमाण फेला परीरहेको तर यसलाई अहिले नै निश्चित गरेर भन्न नसकिने बताए ।
यसबारे प्रमाण संकलन र अध्ययन जारी राख्ने उनले बताए ।
विश्व स्वास्थ्य संगठनले यो बिषय प्रमाणित गर्यो भने यस अघि लागु भएको नाक वा मुखबाट निस्कने तत्वबाट सर्ने भएकाले मास्क लगाउन र ३.३ फिटको दुरी कायम राख्न दिशा निर्देश गरेको थियो ।
अब हावाबाट कोरोना फैलने कुरा अन्तिममा प्रमाणित भयो भने गाईडलाईन परिवर्तन गर्नु पर्ने हुन्छ ।
यस अघि ३२ देशका २ सय ३९ बैज्ञानिकले हावाबाट कोरोना सर्ने धारणा सार्वजनिक गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ