एजेन्सी असार २४ । शुरुमा कोरोना संक्रमण फैलन शुरु भएका बेला यसलाई सामान्य फ्लुका रुपमा लिएर यसबाट अलि अलि मान्छे मर्ने र त्यो सामान्य हो भनेर हेलचेक्रयाई गरेका ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो अन्ततः आफै कोरोना संक्रमित भएका छन् ।
उनको शरीरमा तापक्रम बढे पछि चौथो पटक गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ पाईएको टेलिभिजन संवोधनका क्रममा बताएका छन् ।
उनले ११ मार्चमा आफूले अहिले सम्म देखे अनुसार कोरोनाले भन्दा फ्लुले धेरै मान्छे मरेको भन्दै यसलाई सामान्य भनेका थिए ।
त्यस पछि १८ मार्चमा ब्राजिलमा तातो वातावरण रहेको भन्दै कोरोना धेरै नफैलने बताएका थिए ।
तर ब्राजिलमा अचानक र अत्यन्त धेरै कोरोना संक्रमित हुन थाले पछि उनले स्वास्थ्य मन्त्रीदेखि प्रहरी प्रमुख सम्मलाई बर्खास्त गरेका थिए ।
अहिले भने उनले सबै ब्राजिलियन नागरिकलाई अनिवार्य मास्क अगाउनल अपील गरेका छन् ।
शुरुमा उनी आफै विना मास्क धेरै कार्यक्रमहरुमा सहभागी भएका थिए ।
अहिले ब्राजिलमा अमेरीका पछि विश्वमै सबै भन्दा धेरै कोरोना संक्रमित १६ लाख ६८ हजार बढी संक्रमित भएका छन् भने ६६ हजार ५ सय बढीको मृत्यु भईसकेको छ ।