बेइजिङमा शून्य सङ्क्रमण

बेइजिङमा शून्य सङ्क्रमण

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

२३, असार । बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड–१९ सङ्क्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ सङ्क्रमित नभेटिएको जनाएको छ ।

बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर सङ्क्रमित विरामीहरू भेटिने गरेको भएपनि पहिलो पटक विगत २४ घण्टामा कुनै कोरोनाभाइरस सङ्क्रमित विरामी नभेटिएको उल्लेख छ ।

समग्रमा पछिल्लो सङ्क्रमण श्रृङ्खलामा अहिलेसम्म ३३५ व्यक्ति सङक्रमित भेटिएकोमा १५ जना निको भै घर फर्किसकेका छन् । त्यस्तै ३२० जनाको उपचार भइरहेको र ३१ जनामा सङ्क्रमणका कुनै लक्षण नदेखिएको तर उनीहरूलाई पनि अस्पतालको निगरानीमा राखिएको बताइएको छ ।

चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आइसकेको घोषणा भएको केही महिनापछि फेरि नयाँ विरामीहरू भेटिएका र तीमध्ये दर्जनौँ विरामीहरू सिनफादी बजारसँग कुनै न कुनै रूपमा जोडिएकाले उक्त बजार र वरपरका करिब एक दर्जन वस्तीमा लकडाउन गरी नियन्त्रण तथा रोकथाम प्रयासलाई सशक्त पारिएको थियो ।

चीनले मङ्गलबार देशभरका विभिन्न छ प्रान्तका आठ व्यक्तिमा सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । यससँगै चीनमा पहिले र अहिले गरी कूल सङ्क्रमितको सङ्ख्या ८३ हजार ५६५ पुगेको छ भने ७८ हजार ५२८ जना निको भई घर फर्किएका छन् । चीनमा मङ्गलबारसम्ममा चार हजार ६३४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ